काठमाडौं-धनकुटाका पर्यटकीय स्थल डाँडाबजार तथा नाम्जेमा पछिल्लो समय होमस्टेको आकर्षण बढ्न थालेको छ । चिटिक्क परेका घर र बाक्लो बस्तीको डाँडाबजारको आदर्शवस्तीमा सञ्चालन गरिएको होमस्टे आफैंमा पाहुनाको रोजाई बन्दै गएको हो ।


ADVERTISEMENT


स्थानीय जातिको संस्कृति तथा मौलिक परिकारका कारण वाह्य तथा आन्तरिक पर्यटकको ध्यान त्यहाँको होमस्टेले तानेको छ । कोसी राजमार्गको धरान धनकुटा सडक खण्ड अन्तर्गत भेडेटारबाट १३ किमी दूरीमा अवस्थित डाँडाबजार आफैंमा पर्यटकीय दृष्टिकोणले महत्व बोकेको छ ।


ADVERTISEMENT

# # #


उत्तरतर्फको मनोरम हिमृङ्खला, ध्वजेको सूर्योदय, गिद्धेभीर, कैलाश डाँडा, लाप्चेटारको ठूलो रुख लगायत नियाल्न पुग्ने पर्यटकको लागि होमस्टे समेत आकर्षक गन्तव्य बनेको स्थानीय सुरेश रिजालले बताए । सो स्थानमा हाल ३५ वटा होमस्टे सञ्चालनमा छन् । यस्तै धनकुटाको अर्को प्रमुख गन्तव्य नाम्जेमा पनि पछिल्लो समय होमस्टेको आकर्षण बढ्दै गएको छ ।

मगर समुदायको मुख्य बसोबास रहेको सो स्थानमा पाहुनाका लागि आवास, मौलिक परिकार र हुर्रा नृत्यको प्रबन्ध गरिएको होमस्टे व्यवस्थापन समितिका अध्यक्ष अनिलकुमार रानाले बताए । नाम्जे र डाँडाबजारमा पर्यटकका लागि कम्तीमा २ सय ५० क्षमताको आवास रहेको छ भने ३ सय ५० जनालाई खाना खुवाउन सकिने व्यवस्था छ ।

स्थानीय परिकार सिस्नु, ढिँडो, मकै भटमास, गुन्द्रुक सिन्की तथा मौसमी फलफूल पनि पर्यटकको रोजाई बन्ने गरेको छ । होमस्टे र पर्यटन आकर्षण फस्टाउँदै गएपछि यसतर्फ लगानी गर्नेको समेत संख्या बढ्दै गएको पर्यटन व्यवसायीका अगुवा स्थानीय कृष्ण ब्लोनको भनाई छ ।