हेटौंडा – प्रभु बैंक लिमिटेड र हेटौंडा, मकवानपुर स्थित चुरे हिल हस्पिटल प्रालिबिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।


ADVERTISEMENT


बैंकका तर्फबाट हेटौंडा शाखा कार्यालय प्रमुख  अशोक प्रताप साह र चुरे हिल हस्पिटल प्रालिका तर्फबाट प्रशासनिक प्रमुख  रविन्द्र कुमार थापाद्वारा उक्त सम्झौतामा हस्ताक्षर भयो ।


ADVERTISEMENT

# # #


प्रभु बैंक र  हस्पिटलबिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले चुरे हिल हस्पिटल प्रालिद्वारा सञ्चालित (आइ.सी.यु) बाहेकका सम्पूर्ण सेवामा १५ प्रतिशत का साथै फार्मेसी औषधी शुल्कमा ५ प्रतिशत छुट प्राप्त हुने भएको छ ।

उक्त सम्झौता अन्तर्गत चुरे हिल हस्पिटल प्रालिमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, चुरे हिल हस्पिटल प्रा.लि.का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुनेछन् भन्ने बैंकले विश्वास लिएको छ ।