काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी र रवीन्द्र मिश्र समूहबीच बुधबार एकता घोषणा हुने भएको छ । राप्रपा र आफू नेतृत्वको बृहत् ध्रुवीकरण पक्षधर समूहबीच बुधबार दिउँसो १ बजे राष्ट्रिय सभागृहमा एकता घोषणा सभा हुने मिश्रले बताएका छन् ।


ADVERTISEMENT


राप्रपा प्रवेशका लागि मिश्रले सोमबार बेलुका विवेकशील साझा पार्टीको साधारण सदस्यबाट राजीनामा दिएका थिए । विवेकशील साझा पार्टीमा विवादास्पद दस्तावेज पारित गरेर अघि बढेका मिश्रले स्थानीय तहको निर्वाचनमा पार्टीको कमजोर प्रदर्शनपछि अध्यक्षबाट राजीनामा दिएका थिए। त्यसयता उनी राजसंस्था पुनःस्थापनाको पक्षमा वकालत गरिरहेका छन्।


ADVERTISEMENT

# # #


मिश्रलाई राप्रपामा उपाध्यक्षको जिम्मेवारी दिइने बताइएको छ। तर, उनको वरियता अन्य उपाध्यक्षको भन्दा माथि हुने पनि बताइएको छ।