काठमाडौँ – लक्ष्मी बैंकले गलकोट नगरपालिकामा शाखा विस्तार गरेको छ । १४३ औं शाखाको रुपमा गलकोट नगरपालिका वडा नं ३ हटिया बजारमा शाखा संचालनमा ल्याएको गलकोट शाखा प्रवन्धक गणेश कार्कीले बताए ।


ADVERTISEMENT


उनले गलकोट शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न सम्पुर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको उल्लेख गरे ।


ADVERTISEMENT

# # #


नयाँ शाखाको सुरुवात सँगै लक्ष्मी बैंकको शाखा संजाल देशका ५० जिल्लामा पुगेको छ । बैंकका अहिले १४३ शाखा, १३ एक्सटेन्सन काउन्टर, ५ हस्पिटल सेवा काउन्टर, १७७ एटीएम, २५०० भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ७१ शाखारहित बैंकिङ्ग एजेन्टहरु रहेका छन ।

शाखा विस्तार सँगै लक्ष्मी बैंकले आफ्नो सेवा अझ थप सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको बताएको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आफनो शाखा सेवा विस्तार गर्दै आएको छ ।