काठमाडौ – भुजुङ हाइड्रोपावर लिमिटेडले साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले प्रति शेयर १०० रूपैयाँ अंकित दरले ५ लाख ८५ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।


ADVERTISEMENT


जसका लागि भुजुङ होइड्रोले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । उक्त सम्झौता—पत्रमा भुजुङ हाइड्रोपावरका तर्फबाट कार्यकारी सञ्चालक खेम राज जोशी तथा कुमारी क्यापिटलका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छने् ।


ADVERTISEMENT

# # #


हाल भुजुङ हाइड्रोपावर लिमिटेडको अधिकृत पूँजी रु. ५० करोड रूपैयाँ, जारी पूँजी रु. ४३ करोड रूपैयाँ, र चुक्ता पूँजी रु. ३२.७२५ करोड रूपैयाँ रहेको छ ।

सन् २०१५ मा स्थापित भुजुङ हाइड्रोपावरले ७.५ मेगावा क्षमताको रन अफ रिभर प्रकारको अपर मिडिम हाइड्रोपावर प्रोजेक्ट विकास गरिरहेको छ । आयोजनाको कुल लागत रु. ३९ करोड रहेको छ भने कम्पनीले आयोजनाको कुल लागतको १५५ प्रतिशत अर्थात रु. ५.८५ करोडको साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो ।

यो आयोजना लामजुङको क्व्होलासोथार गाउँपालिकामा अवस्थित छ ।