काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा पार्टीलाई पहिलो बनाउने दाबी गरेका छन् ।


ADVERTISEMENT


बुधबार काठमाडौँमा विवेकशील साझा पार्टीका संस्थापक अध्यक्ष रवीन्द्र मिश्र पक्षसँगको एकता घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले आसन्न निर्वाचतमा १६५ वटै प्रतिनिधि सभा र ३३० प्रदेश सभामा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने र राप्रपालाई पहिलो पार्टी बनाउने दाबी गरेका हुन् ।


ADVERTISEMENT

# # #


उनले मतदाताले विश्वासिलो विकल्प खोजिरहेको अवस्थामा आगामी निर्वाचनमा राप्रपालाई विश्वास गर्ने जिकिर गरे । तीन देशकदेखि केही राजनीतिक दलले मुठ्ठीमा राखेको देशलाई अब निकास दिनुपर्ने उनको भनाई छ ।

यस्तै पार्टी प्रवेश गरेपछि मिश्रले ठूलो शाहस गरेर आफैले बनाएको पार्टी छाडेको बताए । उनाले प्रमुख दलले नै मुलुकमा राजनीतिक बिचलन ल्याएको भन्दै अव अग्रज नेताहरुले छाडेका आदर्शलाई आफुहरुले अघि बढाउने जिकिर गरे । उनले पार्टीलाई व्यवस्थापिक रुपमा चूस्त दुरुस्त र प्रविधि मैत्री बनाउने दाबी

आगामी निर्वाचनपछि राप्रपालाई संसदमा शसक्त रुपमा उभिन सक्ने बनाउने उनको भनाई छ । मिश्रले विवाद र द्वन्द्वले पार्टी अघि बढ्न नसक्ने भन्दै आफूले पार्टीभित्र बखेडा र विवाद नझिक्ने प्रतिवद्धता जनाए ।

राप्रपा र मिश्र नेतृत्वको बृहत ध्रुवीकरण पक्षधरबीच एकता घोषणापछि मिश्रले राप्रपाको वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पाएका छन् भने उनीसंगै राप्रपा प्रवेश गरेका अन्य नेताहरुलाई विभिन्न जिम्मेवारी दिईने बताइएको छ ।