काठमाडौं – नेपाली कांग्रेसको खबरदारी अभियानले दसैं, तिहार र छठका अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।


ADVERTISEMENT


पार्टीको आन्तरिक एकता, समाज अवसर र न्यायको निम्ति दसैं, तिहार र छठका अवसरमा चियापान कार्यक्रम आयोजना गरिएको कांग्रेस खवरदारी अभियानले जनाएको छ ।


ADVERTISEMENT

# # #


चियापानमा कांग्रेस नेता शेखर कोईराला, गगन कुमार थापा लगाएत सहभागी भएका थिए । चियापानमा सहभागीहरुले समानुपातिक बन्दसूचीमा अन्याय भएको र यस्तो अवस्थामा प्रत्यक्षतर्फ पनि देखिन सक्ने भएकाले सजक हुनुपर्ने बताएका छन् ।

कांग्रेस युवा नेता भूपेन्द्रजंग शाहीले कांग्रेस सवैको साझा पार्टी भएकाले सवै नेता तथा कार्यकर्ताको भावना अनुसार नेतृत्व अघि बढ्नुपर्ने बताउनुभयो । उहाले टिकट बितरण गर्दा न्यायोचित ढंगले गर्नुपर्ने आफुहरुको भनाई रहेको धारणा राखे ।

मंसिर ४ गते हुने निर्वाचनको सिट बाँडफाँटमा समाज अवसर दिनुपर्ने भन्दै शेखर कोईराला समूहले निरन्तर आवाज उठाइरहेको छ भने बुधबार पार्टी कार्यालय सानेपामा धर्ना समेत दिएका थिए ।