सृजना मगर, काठमाडौँ– नेपालमा पछिल्लो पटक ‘कोरोनरी हार्ट डिजिज’ को संख्यामा वृद्वि हुदैँ गएको देखिएको छ । सन् २०२० मा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)द्वारा सार्वजनिक आँकडाअनुसार, यसै रोगका कारण नेपालमा हालसम्म १९ हजार ६७७ जनाले ज्यान गुमाएका छन् ।


ADVERTISEMENT


यसरी यस रोगका बिरामीको ग्राफ उकालो लाग्नुको मुख्य कारण खराब जीवनशैली रहेको वरिष्ठ मुटुरोग विशेषज्ञ डा रोशन राउत बताउँछन् । उनी भन्छन्, ‘कोरोनरी हार्ट डिजिजका निम्ति थुप्रै कारक तत्वहरु जिम्मेवार रहन्छन् । तर, यससम्बन्धि गरिएको अनुसन्धानले पछिल्लो समय नेपालसंगै दक्षिण एसियालीमा राष्ट्रहरुमै यस रोगका बिरामी संख्या बढ्नुको मुख्य कारण भने उचित जीवनशैलीको अभाव नै प्रमुख रुपमा देखाएको छ ।’


ADVERTISEMENT

# # #


यसबाहेक नेपालमा पछिल्लो समय सुर्तीजन्य पदार्थको सेवनले पनि यसको बिरामी संख्या वृद्वि गराएको उनले बताए । डा. राउतका अनुसार, ‘कोरोनरी आर्टरी डिजिज’ पनि भनिने यस रोग अन्तर्गत विभिन्न कारणवश् मुटुमा रक्त प्रवाह गर्ने कोरोनरी आर्टरीको भित्री भाग बाक्लो हुँदै आउँछ । जसबाट उक्त धमनी साघुँरिन पुगी रक्त प्रवाहमा समेत असर पु¥याउँछ । फलस्वरुपः व्यक्तिमा यसले छाती दुख्ने तथा सास फेर्न गाहृो हुने समस्या निम्त्याउँछ ।

विभागीय प्रमुख समेत रहेका उनी भन्छन्, ‘यस्तो केशमा रक्तनली एक्कासी बन्द हुने सम्भावना पनि रहन्छ जसले हृदयघातको समेत रुप लिनसक्छ । र, हृदयघातका झण्डै ५० प्रतिशत व्यक्तिहरुलाई बचाउनै नसकिने हुँदा यसतर्फ बेलैमा सजग हुनु आवश्यक छ ।’

यो रोग आजभन्दा झण्डै ३०/४० वर्षअगाडि युरोपियन देशहरुमा व्याप्त देखिएको बताउँदै उनले भने, ‘उचित ज्ञानका एवम् स्वास्थ्यप्रतिको सजगताका कारण त्यहाँको दर घट्दै गएपनि नेपाल लगायत दक्षिण एसियाली राष्ट्रहरुमा भने यसको ग्राफ उकालो लाग्ने क्रम जारी छ ।’

हुनपनि यस सन्दर्भमा नेपाल विश्वकै १०४ औं स्थानमा रहेको देखिन्छ भने, यहाँ मुटुरोगकै कारण प्रत्येक वर्ष ४ जनामध्ये एक जनाले ज्यान गुमाउने गरेको छ । तसर्थ यसबाट बच्नका लागि आफ्नो स्वासथ्यप्रति सजग रहदैँ विलासी जीवनलाई त्यागी चलायमान जीवनशैली अपाउनुपर्ने उनको भनाई छ ।

मुटुरोगको विश्वव्यापी अवस्था

शरीर स्वचालितका लागि आवश्यक मुटु मानव शरीरको एक अभिन्न अंग हो । यसको प्रमुख कार्य भनेको शरीरका सबै भागहरुमा रक्त प्रवाह गर्नु हो । यसले प्रवाह गरेको रगतले शरीरमा कार्यप्रणाली सञ्चालनका लागि आवश्यक अक्सिजन तथा पोषक तत्वहरु प्रदान गर्दछ । र, विभिन्न कारणवश् मुटु तथा रक्तनलीलाई असर गर्ने रोगलाई नै मुटुरोग भनिन्छ ।

विश्वको सन्दर्भमा मुटुरोगलाई मृत्युदर गराउने एक प्रमुख कारक तत्वको रुपमा लिइन्छ । यसका कारण संसारभरि १ करोड ८६ लाख मानिसको अकालमा मृत्यु हुने अध्ययनले देखाएको छ । उसोभए व्यक्तिमा मुटुरोग लागे/नलागेको कसरी थाहा पाउने त ?

यस सन्दर्भमा बोल्दै अर्का वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लक्ष्मण ज्ञवाली भन्छन्, ‘व्यक्तिमा देखिने लक्षणहरु मार्फत मुटुरोगको अनुमान गर्न सकिएपनि यसको पुष्टिका लागि भने आवश्यक परीक्षण नै गर्नुपर्ने हुन्छ ।’

उनका अनुसार, यस्ता बिरामीहरुमा प्रायजसोः छाती दुख्ने, धड्कनको गति गडबढि हुने, सास फेर्न गाहृो हुनेजस्ता साझा लक्षणहरु देखिन्छन् । ‘यसबाहेक केहिमा भने, अकस्मात् शरीर कमजोरी हुने र बेहोश हुने लक्षणहरु समेत देखिन्छन्’, उनले सुनाए ।

समयमै उपचार नगराएमा मुटुरोगले व्यक्तिको अकालमै ज्यान गुम्ने सम्भावना समेत प्रबल गराउँछ । तसर्थ कम्तिमा पनि ३० मिनेटभन्दा बढि छातीको दुखाई हुने तथा सामान्य अवस्थामा पनि मुटुको धड्कन थाहा हुने व्यक्तिले समयमै चिकित्सकको सल्लाहमा आवश्यक परीक्षणहरु गराउन डा. ज्ञवाली सुझाउँछन् ।

यसका कारणहरु

मुटुरोगलाई बढावा दिने कारक तत्वहरु मुख्यगरी परिवर्तन गर्न सकिने र नसकिने गरी दुई प्रकार रहेको विज्ञहरु बताउँछन् । जसअन्तर्गत परिवर्तन गर्न नसकिनेमा कारक बढ्दो उमेर, पारिवारिक पृष्ठभुमि एवम् आणुवंशिक पक्षहरु पर्छन् भने परिवर्तन अथवा नियन्त्रण गर्न सकिने कारक तत्वहरु निम्न रहेका छन् :

-धुम्रपान

-उच्च रक्तचाप

-कोलेस्टोर

-मधुमेह

-र, निस्क्रिय जीवनशैली ।

मुटुरोगबाट बच्ने उपाय

भनिन्छ, रोग लागेर उपचार गराउनुभन्दा रोग लाग्न नै नदिनु बुद्विमानी हो । तसर्थ यसका लागि व्यक्तिहरुमा सर्वप्रथम मुटुरोगको जोखिम बढाउने तत्वहरु के–के हुन् ? भन्ने कुराप्रति ज्ञात हुन आवश्यक छ ।

यस सन्दर्भमा परिवर्तन गर्न सकिने यसका कारणलाई नियन्त्रण गर्न सकिन्छ नै संगै परिवर्तन गर्न नसकिने कारक तत्वहरुको सन्दर्भमा भने त्यसतर्फ सजग भएर पनि त्यसको जोखिमलार्ई न्युनिकरण गर्न सकिने विज्ञहरुको भनाई छ । जसमा बढ्दो उमेर तथा मुटुरोगका पारिवारिक पृष्ठभुमि भएका व्यक्तिहरुले समय–समयमा मुटुको जाँच गराउनुपर्ने उनीहरुको सल्लाह छ ।

यस्तै, शरीरलाई चलायमान राख्ने, दैनिक कम्तिमा पनि १ घन्टा वर्कआउट गर्ने, स्वस्थ आहारको सेवन गर्दै मोटोपनबाट टाढा रहनु मुटुरोगको जोखिमलाई कम गराउने अचुक उपायहरु हुन् ।