काठमाडाैं – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा एक प्रतिशतभन्दा कम मात्रै मत बदर हुनेगरी निर्वाचन आयोगले काम गरिरहेको बताएका छन् ।


ADVERTISEMENT


नेपाल टेलिभिजनद्वारा जिल्ला संवाददाताका लागि पोखरामा आयोजित तीनदिने निर्वाचन रिपोटिङ तथा पुनर्ताजगी तालिमको आज उद्घाटन गर्दैैै उनले स्थानीय तहको निर्वाचनबाट अनुभव लिएर आगामी निर्वाचनलाई थप स्वच्छ तथा सफल बनाउन आयोगले विभिन्न नयाँ व्यवस्था गरेको बताए ।


ADVERTISEMENT

# # #


निर्वाचनलाइ स्वच्छ र निष्पक्ष बनाउन सामाजिक सञ्जालको नियमन चुनौतीपूर्ण बनिरहेको उल्लेख गर्दै उनले उम्मेदवारले फेसबुकलगायतका सामाजिक सञ्जालमार्फत गर्ने सम्पूर्ण खर्चको आयोगले नियमन गर्ने संयन्त्र बनाइरहेको जानकारी दिए ।

नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजङ्ग शाहले नेपाल टेलिभिजनबाट आगामी निर्वाचनलाई सफल पार्न केन्द्रदेखि जिल्लासम्मका सबै समाचारदाताले जिम्मेवारी पूरा गर्न क्रियाशील बन्ने बताए ।

नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बलले नेपाल टेलिभिजनको लोकप्रियता कायम राख्न र आगामी निर्वाचनमा संवाददाताको महत्वपूर्ण भूमिका रहने बताए ।

कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख सचिव रविलाल पन्त, वरिष्ठ पत्रकार तथा नेपाल पत्रकार महासङ्घका पूर्वध्यक्ष शिव गाउँले, नेपाल पत्रकार महासङ्घका पूर्वध्यक्ष डा सुरेश आचार्य, पत्रकार सङ्गीता लामा, नेपाल टेलिभिजनका कार्यक्रम प्रमुख डा टङ्क उप्रेती र वरिष्ठ क्यामरापर्सन पुरुषोत्तम घिमिरेले प्रशिक्षण गरेका थिए । तालिममा गण्डकी र बागमती प्रदेशका गरी ४५ जना जिल्ला संवाददाताको सहभागिता छ । रासस