काठमाडौं-जिल्ला अदालत सुर्खेतले श्रीमती हत्यामा संलग्न एक जनालाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको छ । गुर्भाकोट–२ का टेकबहादुर कामीले भदौ २५ मा श्रीमती पञ्चकलीको हत्या गरेका थिए ।


ADVERTISEMENT


जिल्ला अदालका न्यायाधीश ध्रुवकुमार शाहको एकल इजलासले बुधबार कामीलाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको हो । ‘पञ्चकलीलाई कर्तव्य गरेर हत्या गरेको देखिएकोले निज टेकबहादुर कामीलाई सर्वश्वसहित जन्मकैद गर्नु’ न्यायाधीश शाहको फैसलामा भनिएको छ ।


ADVERTISEMENT

# # #


भदौ २५ गते सल्यानको कालिमाटी मन्दिरमा बोको पूज्नका लागि श्रीमतीलाई लगेर गएका विकले गुर्भाकोट–२ को घारीखोलामा पुगेपछि पञ्चकलीको हत्या गरेका थिए । पछ्यौराले घाँटीमा बेरेर हत्या गरेपछि टेकबहादुरले घारीखोलाको उचाल ढुंगामा माटोले पुरेको अवस्थामा प्रहरीले शव बरामद गरेको थियो । पञ्चकलीको हत्या लगत्तै पर्हरीले टेकबहादुरलाई पक्राउ गरेको थियो । छोरीको हत्या भएपछि आमा मंगलीले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् ।