काठमाडौँ- युनाइटेड नेशन्स मल्टि डाईमेन्शनल इन्टिग्रेटेड मिशन ईन माली (मिनुस्मा) मा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली प्रक्रिया सुरु भएको छ ।


ADVERTISEMENT


संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ विगतदेखि नै युएनमिसमा सहभागी भई द्वन्दग्रस्त मुलुकहरुमा शान्ति स्थापना कार्यमा महत्वपुर्ण योगदान पुर्‍याउँदै आईरहेको मालीमा नेपाली सेनाको अदलीबदली सुरु भएको हो ।


ADVERTISEMENT

# # #


सोही क्रममा बुधवार मालीमा तैनाथ ई.ओ.डि. गुल्म (शान्ति सेना) आठौं डफ्फा बदली गर्नका लागि सेनानी पवन थापाको नेतृत्वमा नवौं डफ्फाको अन्तिम टोली नेतृत्वमा ७५ जना नेपाली शान्ति सैनिकहरु युएन चार्टर्ड फ्लाइटमार्फत काठमाडौँबाट मिशन ईलाकातर्फ प्रस्थान गरेको छ । साथै मालीमा रहेका आडौँ डफ्फाका सैनिकहरु ४ कार्तिकमा स्वदेश आउने सेनाले जनाएको छ ।

नेपाली सेनाले कोभिड–१९ महामारीका बाबजुद पनि सम्पुर्ण सुरक्षा सतर्कताकालाई ध्यानमा राख्दै शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप अदली बदली प्रक्रियालाई क्रमबद्ध रुपमै प्राथमिकतामा राखिएको थियो ।