धनुषा – धनुषाको जनकपुर उप–महानगरपालिका वडा नम्बर–१७ कटरैटमा प्रहरीले एम्बुलेन्सबाट भन्सार छलीको सामान बरामद गरेको छ । मे १ च ३५० नम्बरको एम्बुलेन्सबाट तस्करीको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदिप क्षेत्रीले  बताए ।


ADVERTISEMENT


सो एम्बुलेन्स माई भ्याली बचत तथा ऋण सहकारी संस्थाले सञ्चालनमा ल्याएको हो । एम्बुलेन्स चेकजाँच गर्दा १ बोरा पटाका, भन्सार छलीको बदाम, पापड र आल्मोन्ड बरामद गरिएको डिएसपी क्षेत्रीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


भारतको जयनगरबाट जनकपुरतर्फ आउँदै गरेको सो एम्बुलेन्सलाई ईलाका प्रहरी कार्यालय तारापट्टिबाट खटिएको टोलीले शंका लागेर चेकजाँच गरेका हुन् । एम्बुलेन्सलाई सामानसहित भन्सार कार्यालय जनकपुरमा पठाइने डीएसपी क्षेत्रीले जानकारी दिए ।