काठमाडौँ– चिकित्सकले प्रत्यारोपण गर्न भनी निकालिएको मिर्गाैला अयोग्य भएको भन्दै प्रत्यारोपण नगरेपछि वीर अस्पतालमा यतिबेला तनाव उत्पन्न भएको छ । मंगलबार वीर अस्पतालका प्रत्यारोपण सर्जनद्वय डा. पारसमणि नेपाल र डा. अनिल श्रेष्ठले धादिङका ३२ वर्षीया एक महिलाको मिर्गौला प्रत्यारोपणको तयारी गरेका थिए ।


ADVERTISEMENT


बिरामीलाई उनकी ५८ वर्षीया सासुले मिर्गौला दिने पक्का भएको थियो । आवश्यक सबै जाँचपछि प्रत्यारोपणको व्यवस्थासहित चिकित्सक टोली र दाता शल्यक्रिया कक्षमा प्रवेश समेत गरेका थिए । तर, चिकित्सकको टिम शल्यक्रिया कक्षबाट बाहिरिएको केहीबेरपछि मात्रै बिरामीका आफन्तले मिर्गौला प्रत्यारोपण नभएको थाहा पाए ।


ADVERTISEMENT

# # #


उनीहरुले सबै जाँचपश्चात् दाताबाट निकालिएको मिर्गाैला अयोग्य ठहर गर्नु चिकित्सकको लापरवाही भएको बताएका छन् । यसलगत्तै गुनासो बोकेर अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा. भुपेन्द्र बस्नेत कहाँ पुगेका आफन्तले डा. बस्नेतलाई मंगलबार राति १२ बजेसम्म कार्यकक्षमै रोकेर राखेका थिए ।

यसबारे के भन्छ अस्पताल प्रमुख ?

अस्पताल प्रमुख डा. बस्नेतका अनुसार प्रत्यारोपण बिरामीको प्रत्यारोपणका लागि सबै जाँच गरिएको थियो । जसमा बिरामीको निम्ति मिर्गाैला उचित रहेको पुष्टि भएको थियो । यद्यपि प्रत्यारोपणका क्रममा मिर्गाैला निकालेपछि भने मिार्गाैला अयोग्य देखिएको थियो । दात्तामा कुनै न कुनै रोग भएमा पनि यस किसिमको घटना घट्न सक्ने उनले बताए । ‘यद्यपि यसका निम्ति आवश्यक छानबिन हुन्छ’, उनले भने ।

अस्पतालले यो घटनाको विषयमा छानबिन गर्न सर्जरी विभागका चिकित्सक डा. प्रविण श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको जानकारी दिएको छ । जसमा रेडियोलोजी विभागका प्रमुख डा. सरोज शर्मा, मेडिसिन विभागका प्रमुख डा.अशेष ढुंगाना, सीटीभीएस विभागका प्रमुख डा. दिनेश चापागाईं, एनेस्थेसिया विभागकी डा. ऋतु प्रधान, प्रमुख नर्सिङ प्रशासक संगीता श्रेष्ठ र शाखा अधिकृत सीताराम खड्का रहेका छन् ।