काठमाडौँ– नेपालमा पछिल्लो २४ घन्टामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, पछिल्लो २४ घन्टामा देशभर गरिएको देशभर गरिएको ७ सय ९८ पिसिआर परिक्षणका क्रममा ५० जना र ७ सय ७३ एन्टीजेन परिक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै, पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण मृत्यु हुने संख्या शुन्य रहेको छ, भने थप ५१ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा ७ सय २७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।