काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले घरेलू टोलीविरुद्ध पहिले बलिङ गर्दै छ । स्कटल्याण्डको टिटवूडस्थित क्रिकेट मैदानमा नेपालले टस जितेर स्कटल्याण्डलाई ब्याटिङ को निम्तो दिएको हो ।
खेल नेपाली समय अनुसार राती ७ः४५ बजे सुरु हुनेछ । सोमबार भएको पहिलो खेलमा नेपाल र नेदरल्याण्डबीचको स्कोर बराबरी भएपछि खेल सुपर ओभरमा भएको थियो । तर, दुई वटा सुपर ओभर पनि बराबरी भएपछि तेस्रो सुपर ओभरमा नेदरल्याण्डले जित निकालेको थियो ।
नेपाली टोलीमा आज एउटा परिवर्तन गरिएको छ । तीव गतिका बलर नन्दन यादव बाहिरिँदा बासिर अहमदले उनको स्थान लिएका छन् । नन्दन सोमबारको खेलका क्रममा घाइते भएका थिए ।
नेपाली प्लेइङ–११
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, अनिल साह (विकेट किपर), दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, ललित राजवंशी, नन्दन यादव, किरण ठगुन्ना, लोकेश बम, र रुपेश सिंह ।