काठमाडौं-स्थानीय, प्रादेशिक र राष्ट्रिय तहमा निर्वाचनको सफल समापनलाई अमेरिकाले ‘नेपालको लोकतान्त्रिक यात्राको महत्त्वपूर्ण कोसेढुंगा’ बताएको छ ।


ADVERTISEMENT


छिमेकी भारतले बधाई दिएको भोलिपल्ट अमेरिकी धारणा आएको हो । ‘प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन मंसिर १० र २१ गते शान्तिपूर्ण, व्यवस्थित तथा व्यापक समर्थनप्राप्त रूपमा सम्पन्न गराएकामा र मतगणना लगायत मतपरिणामको चुनौतीपूर्ण प्रक्रिया व्यवस्थापन गरेकामा संयुक्त राज्य अमेरिका नेपाली जनता र नेपाल सरकारप्रति सराहना व्यक्त गर्दछ,’ अमेरिकी दूतावासले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘मुलुकको पूर्ण सम्भावना हासिल गर्ने दिशामा अघि बढ्न नेपाली जनताको सेवा र भलाई गर्ने खालको समावेशी, पारदर्शी, जवाफदेही शासनमा केन्द्रित हुने जिम्मेवारी अब सबै तहमा नवनिर्वाचित जनप्रतिनिधिहरूको काँधमा आएको छ ।’


ADVERTISEMENT

# # #


नयाँ बन्ने सरकारले संविधान कार्यान्वयनको अर्को चरणमा कदम उठाउँदै गर्दा उक्त नयाँ सरकारसँग सहकार्य गर्न अमेरिका उत्सुकतापूर्वक प्रतीक्षारत रहेको दूतावासले जनाएको छ ।