काठमाडौं-वाम गठबन्धनले निर्वाचनमा स्पष्ट बहुमत ल्याएकोमा महानायक राजेश हमालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बधाइ दिएका छन् ।  हमालले आगामी सरकारको नेतृत्व गरेर देशलाई स्थिरता, शान्ती र विकासको महायात्रामा अगाडि बढाउन ओलीलाई शुभकामना दिएका छन् ।


ADVERTISEMENT


हिजो शनिवार ओली निवास बालकोट पुगेर हमालले अध्यक्ष ओलीको राष्ट्रियताको अडानले आम नेपालीहरु उत्साहित भएको बताए । अध्यक्ष ओलीले देश र जनताले आफूलाई गरेको विश्वास दिएको जिम्मेवारीबाट विमुख नहुने बताए ।


ADVERTISEMENT

# # #


‘जनता र देशले मलाई जुन विश्वास र जिम्मेवारी दिएका छन् त्यसलाई म कुशलतापूर्व निर्वाह गर्नेछु’ ओलीले भने ‘देश र जनताका निम्ती मैले निर्वाह गरेको भूमिकाबाट कसैलाई पनि पछुतो हुने छैन ।’ ओलीले चलचित्र हिरोहरुले चलचित्रमा अभिनय मात्र नभई देश बनाउनका लागी साँच्ची नै भूमिका निवार्ह गर्नुपर्ने समेत बताए ।