बुटवल – नेकपा एमाले परित्याग गरि स्वतन्त्र उम्मेदवार बनेका घनश्याम भुसालले चुनाव जित्नका लागि मात्र नभई संविधानलाई बचाउन गठबन्धन गर्नुपरेको बताएका छन् ।


ADVERTISEMENT


सोमवार रुपन्देही क्षेत्र नं–१, ख को निर्वाचन प्रचार प्रसार तथा परिचालन मूल समितिको कार्यालय उद्घाटन गर्दै भुसालले केपी ओलीले संविधान नै ध्वस्त पारेर मुलुकलाई फेरी द्वन्दतिर धकेल्ने प्रयास गरेकाले संविधान जोगाउनका लागि गठबन्धन बनेको बताउनुभएको हो ।


ADVERTISEMENT

# # #


केपी शर्मा ओलीले पार्टीलाई नै कब्जा गरेर संविधान माथि प्रहार गरेको पनि बताए । उनले केपी ओलीको दम्भका कारण आफुले पार्टी त्याग गर्नुपरेको बताउदै लोकतन्त्र रोज्ने की ओली रोज्ने क्रममा आफूले सविधान बचाउने काम रोजेको जिकिर गरे । भुसालले राजनीति स्थिरता, देशको विकास, समृद्धिका लागी पनि आफुहरुले जित्नुपर्ने बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता तथा रुपन्देही क्षेत्र नं–१, ख प्रदेश सभा सदस्य पदका उमेदवार अब्दुल रज्जाकले संविधान च्यात्न खोज्ने दललाई अब भोट दिन नहुने तर्क गरे ।