काठमाडौं-क्रिष्टियानो रोनाल्डोको निर्णायक गोलमा स्पेनिस क्लब रियल मड्रिडले क्लब विश्वकप फुटबल उपाधि जितेको छ । युएईको अबुधावीमा शनिबार राति फाइनलमा ब्राजिलियन क्लब ग्रेमियोलाई १-० ले पराजित गर्दै रियल मड्रिडले उपाधि रक्षा गरेको हो ।


ADVERTISEMENT


रियल मड्रिडलाई उपाधि दिलाउन क्रिष्टियानो रोनाल्डोले निर्णायक गोल गरे । पहिलो हाफसम्म गोल रहित बराबरी भएको खेलमा रोनाल्डोले दोस्रो हाफमा गोल गर्दै टोलीलाई उपाधि दिलाएका हुन् । खेलको ५३ औं मिनेटमा फ्रिकिकबाट रोनाल्डोले निर्णायक गोल गरेका थिए ।


ADVERTISEMENT

# # #


योसँगै रियल मड्रिडले क्लब विश्वकप फुटबलको उपाधि लगातार दोस्रो पटक जितेको छ । रियल मड्रिड लगातार क्लब विश्वकप जित्ने पहिलो टोली समेत भएको छ ।

क्लब विश्वकपको उपाधिसँगै रियलले यो सिजन पाँच उपाधि भित्राउन सफल भएको छ । रियलले क्लब विश्वकपको उपाधि तेस्रो पटक जितेको हो । योसँगै रियलले क्लब विश्वकपको उपाधि धेरैपटक जित्ने किर्तिमानमा बराबर गरेको छ । रियल मड्रिडले सबैभन्दा बढी उपाधि जितेको क्लब बार्सिलोनासँग बराबरी गरेका हुन् । बार्सिलोनाले पनि तीन पटक यो उपाधि जितेको छ । रियलले यो बर्ष च्याम्पियन्स लिग, स्पेनिस ला लिगा, यूएफा सुपर कप, स्पेनिस सुपर कप र क्लब विश्वकपको उपाधि जितिसकेको छ।