काठमाडौं-नेइमारले पेरिस सेन्ट–जर्मेन (पिएसजी) का लागि दुई गोल गरेपछि फ्रेन्च लिग वान फुटबलमा रेनलाई फराकिलो अन्तरमा हराएको छ। लिग अन्तर्गत शनिबार राति भएको खेलमा पिएसजीले रेनमाथि ४–१ को जित दर्ता गरेको हो । गएको साता लिलीसँगको खेलमा प्रतिबन्धका कारण मैदान बाहिर रहेका नेयमारले दुई खेलपछि टिममा फर्कदा दुई गोल गरेका हुन् ।


ADVERTISEMENT


एक खेल प्रतिबन्ध र एक खेलका दौरान व्यक्तिगत कारणले ब्राजिल जानु परेकाले खेल्न पाएका थिएनन् । लिग वान अन्तर्गत रेनसँगको खेलमा १४ औं मिनेटमा नेइमारले गरेको गोलबाट नै पिएसजीले सुरुवाति अग्रता लिएको हो । १७ औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै अग्रता दोब्बर पारे । ५३ औं मिनेटमा रेनका लागि मुबेलेले गोल गरे । ६३ औं मिनेटमा एन्ड्रे दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि रेन १० खेलाडीमा सीमित भयो ।


ADVERTISEMENT

# # #


एडिसन काभानीले ७५ औं मिनेटमा पिएसजीका लागि तेस्रो गोल गरे । त्यसको एक मिनेटपछि नेइमारले व्यक्तिगत दोस्रो गोल गर्दै पिएसजीलाई ४–१ को जित निश्चित गराए ।

खेलको ८९ औं मिनेटमा किमपेम्बे दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि पिएसजी पनि १० खेलाडीमा सीमित भएको थियो । जितपछि लिडर पिएसजीको १८ खेलबाट ४७ अंक भएको छ । दोस्रो स्थानको मोनाकोको ३८ अंक छ । त्यस्तै तेस्रो स्थानमा रहेको लायोन ३५ अंकसहित तेस्रो स्थानमा छ ।