काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वार्थहरूको गठजोडलाई निर्वाचनमा पराजित गर्ने दाबी गरेका छन् ।


ADVERTISEMENT


शनिबार काठमाडौँमा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको पहिलो अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले कुनै भिजन र उद्देश्य नभएको स्वार्थहरूको गठजोडलाई पराजित गर्नुपर्ने बताएका हुन् । उनले गठबन्धनको घोषणापत्र जनता अल्मल्याउने खेल मात्रै भएको तर्क गरे ।


ADVERTISEMENT

# # #


परमादेशबाट बनेको १६ महिनामा नै गठबन्धन सरकारले देशलाई कंगाल बनाउने काम गरेको भन्दै उनले जनादेशबाट गठबन्धनले सरकार बनाए मुलुक लुटतन्त्रमा भासिने धारणा राखे ।

ओलीले पद नपाएकै कारण गठबन्धनमा रहेका दलहरू कांग्रेसको पछि लागेको र मुलुकलाई समेत अस्थिरताको भुमरीमा फसाएको आरोप पनि लगाए । उनले अहिले भिजनसहितको बलियो शक्ति राष्ट्रलाई चाहिएकाले सबै हिसाबले समर्थनवान् भएको पार्टी एमाले मात्रै रहेको दाबी गरे ।

ओलीले नेकपा एमालेबाहेक अरू कुनै बलियो शक्ति मुलुकमा आउनै नसक्ने भन्दै एक्लै बहुमतको सरकार जानु परेको बताए ।

ओलीले एमाले सरकारले राष्ट्रिय स्वाधीनता र विकासका लागि धेरै काम गरेको जिकिर गरे ।