चितवन – चितवन क्षेत्र नम्बर २ लोकतान्त्रिक बाम गठबन्नका उम्मेद्वार तथा नेताहरुले गठबन्धनलाई विश्वास गर्न आग्रह गरेका छन । अब पनि जनता भ्रममा पर्न नहुने भन्दै उनीहरुले स्थायी सरकार र लोकतन्त्रको रक्षा गर्न गनबन्धनकै जित आबश्यक रहेको बताए । मंगलबार सांँझ भरतपुरमा आयोजित महिला अगुवा भेला तथा अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनीहरुले अस्थिर स्वतन्त्र पार्टीहरुलाई जिताउनु नहुने तर्क गरे ।


ADVERTISEMENT


सो कार्यक्रममा बोल्दै क्षेत्र नम्बर २ का उम्मेद्वार उमेश श्रेष्ठले यो गठबन्धन देशको समृद्धिको लागि गरिएको भन्दै यहांँका मतदाताहरुले सोच र मानसिकतामा परिवर्तन गर्नुपर्नेमा जोड दिए ।


ADVERTISEMENT

# # #


दुई तिहाईको सरकारको दम्भको कारण देश संकटमा परेको भन्दै उनले गठबन्धन जिताउन सबैको साथ आबश्यक रहेको बताए । गठबन्धनलाई जिताउन महिलाको नेतृत्व र ठूलो जिम्मेवारी रहेको उनको भनाई थियो । ‘गठबन्धनलाई जिताउन महिलाको नेतृत्वदायी भूमिका र ठूलो जिम्मेवारी छ ।महिला मतदाताको संख्या पनि धेरै छ । तपाई गठबन्धनको दुत बनिदिनुस् । गठबन्धनलाई जिताउने र हराउने पनि तपाईहरुकै हातमा छ ।’ उनले भने ।

आफूले यो देशमा लिन नभएको भन्दै दिन मात्र आएको उनले बताए । ‘म कुनै पनि क्षेत्रमा असफल र नहारेको मान्छे , उनले भने, मैले स्वास्थ्य राज्यमन्त्री भएर गरेको कामको पनि मुल्यांकन गरिदिनुस् । अधुरा काम पनि गर्न दिनुस् ।’

शिक्षा स्वास्थ्य , कृषि, पर्यटन हाईड्रो क्षेत्रमा आफूले फड्को मार्न सफल भएकोले उत्पादन र रोजगारी दिनपनि आफ्नो उम्मेदवारी रहेको उनको भनाई थियो । ‘मलाई अब एकपटक जिताईदिनुस् । यो क्षेत्रमा ५ बर्षमा १० हजार जनाको रोजगारीको ग्यारेन्टी गर्नेछु ।’

कार्यक्रममा बोल्दै क्षेत्र नम्बर २ क का प्रदेश सभा सदस्यका उम्मेद्वार घनश्याम दाहालले स्वतन्त्र पार्टीका कुनै पनि स्पष्ट दृष्टिकोण र कार्यदिशा नभएको भन्दै मतदातालाई सचेत हुन आग्रह गरे ।

रवि लामिछानेको उम्मेद्वारीलाई लक्षित गर्दै उनले भने,‘ देशी विदेशी शक्तिको आडमा घण्टी आएको छ , उनले भने, घण्टीको यो देशमा काम छैन । यो मन्दिर र नदी किनारमा बजाउन मात्र काम लाग्छ । स्वतन्त्र पार्टीको कुनैपनि अस्तित्व नरहेको भन्दै उनले यस्ता पार्टीलाई मत दिएमा देश दुर्घटनामा जाने उनको भनाई थियो ।

सो अवसरमा बोल्दै प्रदेश २ ख का उम्मेद्वार उत्तम जोशीले देशमा व्यवस्था परिवर्तन भएपनि जनताको अवस्थामा परिवर्तन नभएको बताए । देशमै रोजगारीको वातावरण सिर्जना गरी विदेशिएका युवाहरुलाई नेपाल ल्याउन पनि आफूलाई जिताउन उनले आग्रह गरे ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नेतृ एवं भरत महानगरपालिकाकी प्रमुख रेनु दाहालले स्थानीय निर्वाचनमा पनि भरतपुरका महिला स्वतस्फूर्त आएको र गठबन्धनलाई जिताएको भन्दै प्रशंसा गरिन् ।

‘आधा भन्दा बढी महिला मतदाता हुनुहुन्छ । जित हार पनि तपाईहरुकै हातमा छ । त्यसैले स्थिरताको लागि पनि गठबन्धनको जित आवश्यक छ ।’ उनले भनिन् । सबै क्षेत्रमा सफल व्यक्ति उमेश श्रेष्ठ चितवनले पाएको र प्रदेश उम्मेद्वार पनि उत्तिकै अनुभवी र उर्जावान भएकोले गठबन्धनलाई जिताउन उनले आग्रह गरिन् । ‘जनतालाई भ्रम छर्न घण्टी बोकेर टुरिष्ट उम्मेदवार चितवन छिरेका छन् , उनले भनिन, यस्तो बेला महिला थप शशक्त हुनुपर्छ । जाग्नुपर्छ ।’ स्थानीय सरकारसंँगको तालमेल समन्वयको लागि पनि प्रदेश संघीय निर्वाचनमा गठबन्धनको जित आवश्यक रहेको उनको भनाई थियो ।

अन्तरक्रिया कार्यक्रममा सहभागी अन्य महिलाले मतदाता सचेत हुनु पर्ने अवस्था आएको र स्वतन्त्र पार्टीका उम्मेद्वारहरुको भ्रम चिर्न गठबनधनका नेताहरु एकजुट हुनुपर्ने सुझाव दिएका थिए ।