काठमाडौँ – विभागीय टोली एपीएफ क्लब पीएम कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।


ADVERTISEMENT


बिहीबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनलमा मधेश प्रदेशलाई ७ विकेटले हराउँदै एपीएफ फाइनलमा पुगेको हो । मधेशले दिएको १ सय २३ रनको लक्ष्य एपीएफले २१ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।


ADVERTISEMENT

# # #


एपीएफको जितमा लोकेश बमले अविजित रहदै सर्वाधिक ३५ रन बनाए । यस्तै प्रदीप ऐरीले ३३ रन जोड्दा आसिफ शेखले २५ रन बनाए । सुमित महर्जनले १३ रन बनाए । मधेशका रुपेश सिंहले २ तथा राजेश यादवले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मधेशले ३१ ओभरमा अलआउट हुँदै १ सय २२ रन बनाएको थियो । मधेशका लागि रुपेश सिंहले अविजित रहँदै सर्वाधिक ३६ रन जोडे । सन्तोष कार्कीले २० रन जोड्दा इमरान शेखले १६ रन बनाए । एपीएफका कमल ऐरीले ४ विकेट लिए । भुवन कार्की र मौषम ढकालले २/२ विकेट लिए ।

अब एपीएफले उपाधिका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग खेल्नेछ । पुलिस र आर्मीबीचको दोस्रो सेमिफाइनल शुक्रबार हुनेछ ।