काठमाडौं-चुनावमा शानदार जित निकालेपछि हिजो बामगठबन्धनले पत्रकार सम्मेलन गर्यो । तर, पत्रकार सम्मेलन सरकारका काम र प्रधानमन्त्री शेरबहादुर देउवाका कार्यशैलीमाथि हमलामा केन्द्रित रह्यो । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको संयुक्त विज्ञप्तिबाट शुरु भएको हमला पत्रकार सम्मेलन सकिने बेलासम्म कायम रह्यो ।


ADVERTISEMENT


के के भनेर ओली र प्रचण्डले हमला गरे ? यस्ता छन् १५ हमलाः


ADVERTISEMENT

# # #


ओलीका ११ बोली

  • निर्वाचन परिणाम सार्वजनिक भएपश्चात सार्वजनिक भएका वर्तमान काम चलाउ सरकारका अभिव्यक्ति र क्रियाकलापहरु नेपालको संविधान, अन्तराष्ट्रिय प्रचलन र हाम्रै विगतका अभ्यास विपरित छन् ।
  • सरकारको यो व्यवहारबाट संविधान कार्यन्वयन, नयाँ सरकार गठनमा अवरोध हुनुका साथै जनमतको अवमुल्यन भएको छ । हामी सरकारलाई संविधानको गलत व्याख्या नगर्न र ताजा जनादेशका आधारमा नयाँ सरकार गठन गर्ने मार्गप्रशस्त गर्न आह्वान गर्दर्छौ ।
  • सरकार र प्रधानमन्त्रीका अभिव्यक्ति, गतिविधि, परामर्शका नाममा भएका गतिनिविधिप्रति हाम्रो ध्यान गएको हो । अपव्याख्या र असपष्टता गर्न खोजे गर्न सकिन्छ । अनेक ठाउ भेटिनछन् तर, काम चलाउ सरकारले दुगामी महत्वका निर्णयहरु गर्न खोज्दैछ यो सरकारको कदम कुनै हालतमा पनि जायज छैन ।
  • अध्यादेशका नाममा प्रधानमन्त्री बलजफ्ती गर्दैै हुनुहुन्छ । यो राष्ट्रिय महत्वको विषयमा दलहरुसँग परामर्श गर्न जरुरी हुन्छ हुदैन प्रधानमन्त्रीले ? तर परामर्श नै नगरी एकलौटी निर्णय गर्न खोज्दै हुनुहुन्छ । यो दुखद कुरा हो ।
  • खेल सुरु भइसकेपछि नियम परिवर्तन गर्न मिल्दैन । तर, प्रधानमन्त्रीले खेलको विचमै नियम बनाउन लागेजस्तो देखियो । खेल सुरु भैसक्यो बल हानिसक्यो किपरले बल हान् लागिसक्यो त्यस्तो हुनै सक्दैन । खेलका नियम पहिल्यै निर्धारण हुन्छ अनि खेल सुरु हुन्छ ।
  • बाम गठबन्धनले आगामी दिनमा स्वतन्त्र परराष्ट्र नीति अनुसरण गर्दै अघि बढ्छ । हामी परराष्ट्र नीति र छिमेकी मुलुकसँगको सम्बन्धका बारेमा प्रश्ट छौ । निर्वाचनको नतिजा आइसकेपछि भारतले समेत यसवारे आफ्नो प्रतिकृया दिइसकेको छ । उसले नयाँ सरकारसँग मिलेर काम गर्न आतुर रहेको बताइसकेको छ । अव पनि परराष्ट्र नीतिका बारेमा यहाँ टिका टिप्पणी हुनु र गर्नुमा जरुरी छैन ।
  • सरकार वैद्य हो भन्ने नाममा संविधान मिचेपनि हुन्छ भनेर भन्न मिल्दैन । निर्वाचन सकिएर परिणाम आइसकेपछि दुनियामा कुनै पनि निर्णय गरिदैन ।
  • काम चलाउ पनि नितान्त काम चलाउको अवस्थामा पुगिसकेको सरकरले अव सत्ता हस्तानतरण मात्र गर्ने हो । दुरगामी महत्वका कुनैपनि गरिदैन । अव यहा सरकारले अध्यादेश पेश गरेपछि केही केही कानुन पढेका मान्छेहरुले भनेका छन् अध्यादेश पेश गर्ने वित्तिकै घोषणा गरिदिनुपर्छ भनेका सुनिन्छ । अव सरकारले जादा जादै यो राष्ट्रिय सभामा जसको जति भोट आएपनि मौजुदा सरकारको नेतृत्व गरेका प्रधानमन्त्रीले नियुक्त गरेअनुसार सवै सदस्य नियुक्त गर्न पाउनुपर्छ भन्ने अध्यादेश जारी गर्न लानुभयो भने के हुने ? संविधान, काननु, नैतिक मुल्यमान्यता अनुसार हुनुपर्छ कि पदैन ? यो राष्ट्रिय महत्वको विषय हो भने जसलाई जनताले अभिमत दिएको छ उससँग छलफल हुनुपर्छ कि पर्दैन ?
  •  राजदुत नियुक्ति यो सरकारले गर्न मिल्दैन, अव आउने सरकारले गर्छ । खाली ठाउँ भएपछि सवै भरेर जाने हो र ? जे पायो त्यहि लगेर अध्यादेशका नाममा । प्रधानमन्त्रीले राष्ट्रपतिलाई असंबैधानिक काम गर्न उक्साउनु हुदैन । संविधानको रक्षक भएकाले राष्ट्रपतिले पनि सोचेर मात्र काम गर्नुपर्छ ।
  • धारा ८६ को २ मा राष्ट्रिय सभा गठनबारे स्पष्ट छ । प्रत्यक प्रदेशबाट ८ जना र ३ जना राष्ट्रपतिले सरकारको सिफारिसमा नियुक्त गर्न सकिन्छ । तर, सआउट गोइङ सरकार होइन । नयाँ बन्ने सरकाररको सिफारिसमा हो । अहिले त्यो प्रकृयाका लागि निर्वाचितहरुको परिणाम आउनुपर्छ । समानुपातिक परिणाम नआइ कसरी प्रदेश सभा छानिन्छ ।
  • प्रतिनिधि सभाको काम हो सरकार गठन गर्ने यसमा अरु कसैको केही हुदैन । संविधानको धारा ७६ को १२३४५६ सरकार गठनसम्बन्धी र अनुमोदनबारे स्पष्ट छ । तर राष्ट्रिय सभाको सन्र्दभ कताबाट आयो ? बहमत प्राप्त दलको नेता प्रधानमन्त्री हुन्छ ।

प्रचण्डका ३ हमला

  • राष्ट्रियसभाका वारेमा जो प्रश्न उठेको छ, हिजो मैले प्रधानमन्त्रीजीलाई पनि भेटेको थिएँ । प्रधानमन्त्रीसँग कुरा हुँदा राष्ट्रिय सभाका वारेमा पनि कुरा भएको थियो । हाम्रो संविधानको अहिले राष्ट्रियसभाका सदस्यहरुको निर्वाचन गर्ने खाली प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरुमात्र होइन, गाउँपालिका र नगरपालिका सदस्यहरुको मतभार फरक फरक गर्ने कुरा पनि गरेको छ । संविधानले एकल संक्रमणीय भन्ने व्यवस्था गरेको छैन । पार्टीहरुकाबीचमा छिटो भन्दा छिटो सहमति गरेर जानुपर्छ भनेर मैले प्रधानमन्त्रीको ध्यानकर्षण गरेको थिएँ ।
  • अरु त्यस्तै गंभीर नियुत्तीहरु, जस्तो कि प्रदेश गर्भनरको कुरा चलेको थियो मिडियामा । यस विषयमा पनि मैले राजनीतिक दलहरुकाबीचमा समझदारी नबनाई अहिलेको सरकारले गर्न खोज्यो भने, निर्वाचन सम्पन्न गराएर सरकारको राम्रो काम गरेको सन्देश गएको छ, फेरि एक दुई वटा नियुत्तिले नराम्रो नगरोस् भनेर प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थिएँ ।
  •  र, उहाँले प्रमुख दलहरुवीच सझादारी बनाएर जानुछ भनेर मलाई भन्नु भएको थियो । म फेरि पनि सरकारको ध्यानकर्षण गर्न चाहन्छु कि उहाँले निर्वाचन गराएर राम्रो काम गर्नुभएको छ । अव एक दुई वटा नियुत्तीमा लोभ गरेर सवै जसहरु अपजसमा लैजान हुन्न भन्ने सन्देश दिन चाहन्छु ।

संयुक्त प्रेस वक्तव्यमा एक हमला

  • निर्वाचन परिणाम प्रकाशित भए पश्चात् सार्वजनिक भएका वर्तमान कामचलाउ सरकारका अभिव्यक्ति र कृयाकलापहरु नेपालको संविधान, अन्तराष्ट्रिय प्रचलन र हाम्रै विगतका अभ्यास विपरीत छन् । सरकारको यस किसिमको व्यवहारबाट सरकार गठन, संविधान कार्यान्वयन र लोकतन्त्रको सहज अभ्यासमा अवरोध सृजना हुनुका साथै जनमतको अवमूल्यन तथा अनादर समेत भएको छ ।

हामी प्रधानमन्त्रीलाई संविधानको गलत व्याख्या नगर्न, संविधानको सहज कार्यान्वयनमा अवरोध सृजना नगर्न र संविधान सम्मत एवं लोकतान्त्रिक विधिका साथ प्रकट भएको जनमतलाई अवमूल्यन तथा अनादर नगर्न र ताजा जनादेश अनुरुप नयाँ सरकार गठन गर्नका लागि मार्ग प्रशस्त गर्न आह्वान गर्दछौं ।