काठमाडौं-माओवादी केन्द्र केन्द्रीय कार्यालयको बिस्तारित बैठक आज सुरु हुँदैछ ।


ADVERTISEMENT


चुनावी परिणामको समिक्षा, समानुपातिक उम्मेदवारको छनोट, एमालेसँग पार्टी एकता लगायतका विषयमा छलफल गर्न केन्द्रीय कार्यलयको बिस्तारित बैठक बस्न लागेको हो ।


ADVERTISEMENT

# # #


राजधानीको पेरिषडाँडास्थित पार्टी केन्द्रीय कार्यलयमा बिहान ११ वजे पछि वस्ने वैठकमा चुनावी समिक्षा र आगामी रणनीतिबारे छलफल हुने कार्यलय सदस्य अग्नि सापकोटाले जानकारी दिए ।

समानुपातिक तर्फ बन्दसूचीमा परेका उम्मेदवारहरुमध्ये पार्टीको भागमा परेको सिट संख्यामा महिला, दलित आदिवासी, अल्पसंख्यक सवैको क्लस्टर मिलाएर उम्मेदवार चयन गर्ने बारेमा आजको बैठकमा छलफल हुँदैछ ।

यस्तै प्रदेश र प्रतिनीधि सभा निर्वाचनमा चुनावी तालमेलपछि एमालेसँग पार्टी एकीकरण प्रक्रियाका बारेमा समेत छलफल हुने नेताहरुले बताएका छन् ।

पार्टी एकीकरणसँगै नयाँ सरकारमा पार्टीको भूमिका, एमालेसंगको समिकरण मिलाउने विषयमा पनि छलफल हुने सापकोटाले बताउनुभयो ।

चुनावअघि ६०–४० को भागवण्डा गरेका बामगठवन्धनका नेताहरुले पार्टी नै एकीकरण हुने भएपछि पदिय भागवण्डा नगर्ने बताएका छन् ।