फुङलिङ – ताप्लेजुङमा सदरमुकाम फुङलिङमा शनिबार बिहान अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेहरुमा पाथीभरा याङ्वरक गाउँपालिका नाङखोल्याङका ७५ वर्षका धनबहादुर गुरुङ र ११ वर्षका उनका नाति इशान गुरुङ रहेको ताप्लेजुङ प्रहरी प्रमुख डीएसपी कैलाश राईले जानकारी दिए।


ADVERTISEMENT


उनका अनुसार फुङलिङ नगरपालिका ८ बेजम्बुबाट सुकेटार विमानस्थलतर्फ हिँडेको १-००२-००३ ह ३९०० नम्बरको अटो दोखुको नाम्लेपाटीमाथि घ्याङ डाँडामा दुर्घटना भएको हो ।


ADVERTISEMENT

# # #


डिएसपी राईका अनुसार गम्भीर घाइते भएका अटोचालक गंगाराम राईलाई उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पताल ल्याइएको छ । घटनास्थलमा प्रहरी टोली पुगेर निरीक्षणपछि दुर्घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको पनि उनले बताए ।