काठमाडौँ– नेशनल लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन २१.२५ प्रतिशतले वृद्वि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको त्रैमासिक वित्तीय विवरण अनुसार, संस्थाले पहिलो त्रैमासमा गतवर्षको तुलनामा २१ दशमलव २५ प्रतिशत बढिले खुद बिमा शुल्क आर्जन गरेको हो ।


ADVERTISEMENT


गत आवको सोहि अवधिमा कम्पनीले ४ अर्ब १८ करोड खुद बीमा शुल्क आर्जन गरेको छ । जबकी गतवर्ष सोहि अवधिमा ३ अर्ब ४४ करोड खुद बीमा शुल्क आर्जन गरेको थियो ।


ADVERTISEMENT

# # #


यस्तै, चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनी ११ करोड ७१ लाख रुपैयाँ खुद नाफामा रहेको छ । गत आर्थिक वर्षको प्रथम त्रैमाससम्म कम्पनी ८ करोड ६७ लाख मात्र नाफामा थियो । नाफा ३५ दशमलव ०१ प्रतिशतले वृद्धि भएको छ ।

४ अर्ब ३ करोड चुक्ता पुँजी भएको यस कम्पनीको जगेडामा ७७ करोड २५ लाख संचित छ । जीवन बीमा कम्पनीको लागि एकदमै महत्वपूर्ण जीवन बीमा कोष १९ दशमलव ७८ प्रतिशतले वृद्धि हुँदै ५३ अर्ब ७७ करोड पुगेको छ ।

प्रकाशित तथ्यांकअनुसार कम्पनीको प्रति शेयर आम्दानी ११ रुपैयाँ ६१ पैसा र प्रति शेयर नेट्वर्थ १२८ रुपैयाँ ०९ पैसा छ । नेशनलले अझै २ अर्ब ११ करोड खुद दाबी भुक्तानी गरेको छ भने ७४ करोड ८३ लाख दावी भुक्तानी गर्न बाँकी रहेका कम्पनीले जनाएको छ ।