काठमाडौँ – नेपालमै पहिलो पटक बेस्ट एयरलाइन्स अवार्ड आयोजना हुने भएको छ ।


ADVERTISEMENT


नेपालको पर्यटन क्षेत्रमा हवाई क्षेत्रले गरेको योगदानको उच्चतम कदर गर्दै यस क्षेत्रलाई थप उपभोक्तामुखी र जनउत्तरदायी बनाउने अभिप्रायका साथ डिसेम्बर १३ का दिन एक विशेष समारोहका माझ बेस्ट एयरलाइन्स अवार्ड नेपाल २०२२ घोषणा गरिने बेस्ट एयरलाइन्स अवार्डस् नेपालका अध्यक्ष सागरदेव लाखेले जानकारी दिए ।


ADVERTISEMENT

# # #


विभिन्न १६ विधामा दिइने बेस्ट एयरलाइन्स आवर्ड नेपालमा ३ विधा नेपाली वायुसेवाका लागि मात्र छुट्याइएको उनले बताए । ११ विधामा नेपालबाट अन्तर्राष्ट्रिय उडान भरिरहेका वायुसेवाले प्रतिस्पर्धा गर्ने र यसबाहेक रहेका २ विधामा हवाई उड्डयनलाई सुरक्षित र सहज बनाउन भूमिका खेल्ने विभिन्न साझेदारहरूमध्येबाट उत्कृष्टलाई चयन गरिने उनले जानकारी दिए ।

विभिन्न माध्यमबाट प्रक्षेपण गरिने जनमत तथा निर्णायक मण्डलको निर्णयका आधारमा तय उनले बताए । अवार्डको निष्पक्षता र गरिमालाई दरिलो बनाउन आयोजकले नेपालमा सेवा प्रदायकको रूपमा सक्रिय वायुसेवा तथा वायुसेवा व्यवसायमा आबद्ध संघसंस्थाहरूसँग कुनै पनि किसिमको आर्थिक सहयोग, नोमिनेसन फी वा स्पोनसरसिप नलिएको उनले बताए ।

नेपाल पर्यटन बोर्डसँगको साझेदारीमा आयोजना हुने यस बेस्ट एयरलाइन्स अवार्ड नेपालमा हाल काठमाडौं भएर विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्दै आएका २७ वायुसेवा प्रदायक आन्तरिक तर्फका ९ वायुसेवाले प्रतिस्पर्धा गर्ने जनाइएको छ ।