अछाम – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले सत्ता गठबन्धनले जितेमा अछामका विकास निर्माणका कामले गति लिने बताएका छन् ।


ADVERTISEMENT


अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका कुँवरले गठबन्धनले जितेमा सेती लोकमार्गको काम तीन वर्षमा सम्पन्न गर्ने, बुढीगंगा जलविद्युत आयोजनाका कामलाई तीव्रता दिने, वयालपटा अस्पताल र एयरपोर्टको स्तरोन्नति, वुढीगंगा नदीले गर्दै आएको कटान न्यूनीकरण लगायतका अछामका गौरवका आयोजनालाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।


ADVERTISEMENT

# # #


देशको अग्रगमन र विधिको शासनको लागि गठबन्धन बनेको र यो पछिसम्म कायम रहने उनको भनाइ छ ।

यस्तै एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य एवम् पूर्व कानुन मन्त्री गोविन्द बन्दीले संविधान र लोकतन्त्रको रक्षाको लागि पाँच पाँचदलीय गठबन्धन बनेको बताए ।