काठमाडौं– नेपाली सेनाले अधिकृत क्याडेट पदमा दरखास्त आह्वान गरेको छ । नेपाली सेनाको भर्ना छनोट निर्देशानालय, कार्यरथी विभागले आज एक विज्ञापन आह्वान गर्दै अधिकृत क्याडेट पदमा १५० जना माग गरेको हो ।


ADVERTISEMENT


जसअनुसार महिना १३, आदीबासी तथा जनजाती २२, मधेसी १९, दलित १०, पिछडिएको ३ र खुल्लातर्फ ८३ जना माग गरिएको छ ।


ADVERTISEMENT

# # #


इच्छुक उम्मेदवार माघ ३ गतेभित्र र दोब्बर दस्तुर तिरेर थप एक साताभित्र तोकिएको स्थानमा सम्पर्क राख्ने सक्नेछन् ।