काठमाडौँ – आज सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा देशभर ६१ प्रतिशत मतदान भएको छ ।


ADVERTISEMENT


आइतबार साँझ पत्रबार सम्मेलन गर्दै निर्वाचन आयोगले अहिलेसम्म प्राप्त प्रारम्भिक विवरण अनुसार ६१ प्रतिशत मतदान भएको जनाएको हो ।


ADVERTISEMENT

# # #


भोलिसम्म अन्तिम विवरण आउने भएकाले मतदान प्रतिशत बढ्ने सक्ने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जनाए ।

प्रमुख आयुक्त थपलियाले भने, ‘मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्ट हुने क्रम जारी छ । अहिलेसम्म प्राप्त प्रारम्भिक विवरण अनुसार करिब ६१ प्रतिशत मतदान भएको देखिएको छ । यो संख्या सम्पूर्ण विवरण प्राप्त भइसकेपछि केही प्रतिशत वृद्धि हुन सक्छ भन्ने आयोगको अनुमान छ ।’ यद्दपी निर्वाचन आयोगले गरेको अपेक्षा भन्दा कम मतदान भएको उनले बताए ।

उनले मतदानलाई शान्तिपूर्ण र सहज रुपमा सुचारु गराउने प्रयासका बाबजुत पनि सुर्खेत, नवलपरासी, गुल्मी र बाजुरा जिल्लाका १५ स्थानमा मतदान स्थगन हुन पुगेको बताए ।

प्रमुख निर्वाचन आयुक्तले केही समान्य घटनाबाहेक देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताए ।

निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता रहेका थिए भने निर्वाचनका लागि १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको थियो ।

मतदानपश्चात मतपेटिका संकलन गरी केही ठाउँमा आज रातीदेखि र बाँकी रहेका ठाउँमा भोलिदेखि मतगणना सुरु गरिने आयोगले जनाएको छ ।