काठमाडौँ – प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा देशभरका विभिन्न १५ स्थानमा मतदान स्थगन भएको छ ।


ADVERTISEMENT


निर्वाचन सम्पन्न भएपछि आइतबार साँझ पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोगले सुर्खेत, नवलपरासी, गुल्मी र बाजुरा जिल्लाका १५ स्थानमा मतदान स्थगन हुन पुगेको जानकारी दिएको हो ।


ADVERTISEMENT

# # #


मतदानलाई शान्तिपूर्ण र सहज रुपमा सुचारु गराउने प्रयासका बाबजुत पनि विभिन्न दलका कार्यकर्ता र नेताहरुबीच आपसी लफडा हुँदा मतदान स्थगित गर्नुपरेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

उनले भने, ‘आयोगले जुन जुन ठाउँहरुमा आज स्थगन भएको छ, त्यहाँको तथ्यगत विवरणका आधारमा जनताको अभिमतलाई कदर गर्नको लागि मतदान पुनः गर्नुपर्ने बाध्यता महसुस त्यसकारण स्थगन वा रद्द भएका मतदान केन्द्रमा आवश्यक तयारी गरेर २ दिनभित्रमा पुनः मतदान गराउने वातावरण मिलाउन सम्बन्धित निर्वाचनको अधिकृतको कार्यालयलाई आयोगले निर्देशन दिइसकेको छ ।’

निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता रहेका थिए भने निर्वाचनका लागि १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको थियो ।

मतदानपश्चात मतपेटिका संकलन गरी केही ठाउँमा आज रातीदेखि र बाँकी रहेका ठाउँमा भोलिदेखि मतगणना सुरु गरिने आयोगले जनाएको छ ।