सुनसरी – सुनसरी ३ मा एमाले उम्मेदवार भगवती चौधरीले अग्रता बनाइराख्दा राष्ट्रिय स्वतन्त्र पार्टी दोस्रो र कांग्रेसका विजयकुमार गच्छदार तेस्रो स्थानमा छन्।


ADVERTISEMENT


मतगणना जारी रहेको सुनसरी ३ मा एमालेकी चौधरीले १६४६ मत पाउँदा घन्टी चुनाव चिन्हका कमलबाबु मैनाली १२६६ मतसहित दोस्रोमा छन् ।


ADVERTISEMENT

# # #


कांग्रेसका विजयकुमार गच्‍छदार १०३२ मतसहित तेस्रो स्थानमा छन् । हालसम्मको गणनामा अगाडि रहेकी भगवती चौधरी २०७० र ७४ को निर्वाचनमा कांग्रेसका गच्छदारसँग पराजित भएकी थिइन्।