दाङ – दाङ क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार दीपक गिरीले मतान्तर बढाएका छन् । कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका गिरी प्रतिस्पर्धी एमालेका कोमल वलीभन्दा एक हजार सात सय ८३ मतले अघि छन् ।

गिरीले आठ हजार चार सय ३५ मत प्राप्त गर्नुभएको छ, भने वलीले छ हजार छ सय ५२ मत प्राप्त गरेका छन् । अहिलेसम्म २० हजार चार सय ४८ मत गणना भएको निर्वाचन अधिकृत डोलनाथ न्यौपानेले जानकारी दिए ।


ADVERTISEMENT


ADVERTISEMENT

# # #



यस क्षेत्रमा एक लाख ४६ हजार चार सय ७५ मतदातामध्ये ९० हजार एक सय ५० मत खसेको छ । क्षेत्र नं ३ को भू–तथा जलाधार व्यवस्थापन कार्यालय तुलसीपुरमा मतगणना भइरहेको छ ।