काठमाडौं – बिहीबार सुनको मूल्य एकै दिन तोलामा एक हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा बिहीबार छापा वाला सुन तोलामा एक हजार रुपैयाँले बढ्दै ९७ हजार ८ सय रुपैयाँ पुगेको हो ।


ADVERTISEMENT


अघिल्लो दिन छापा वाला सुन प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।


ADVERTISEMENT

# # #


यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा एक हजार रुपैयाँले नै बढ्दै ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा तोलामा ३० रुपैयाँले बढ्दै एक हजार ३०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।