काठमाडौं – आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) अग्रस्थानमा छ । निर्वाचन आयोगको आज दिउँसोसम्मको मतपरिणाम विवरणानुसार एमालेले पाँच लाख ५५ हजार आठ सय ३२ मत प्राप्त गरेको छ ।


ADVERTISEMENT


दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले पाँच लाख २९ हजार नौ मत प्राप्त गरेको छ ।


ADVERTISEMENT

# # #


तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फको मत सङ्ख्या दुई लाख ८६ हजार दुई सय १६ रहेको छ ।

यस्तै नेकपा (माओवादी केन्द्र)को दुई लाख ५७ हजार ४९ मत रहेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको एक लाख ५४ हजार दुई सय ३१ मत रहेको छ ।

जनता समाजवादी पार्टी नेपालको ६६ हजार छ सय ८८ मत रहेको छ ।

नेपाल मजदुर किसान पार्टीको ५१ हजार दुई सय ३६ मत रहेको छ ।

जनमत पार्टीको ४५ हजार छ सय ४१ मत रहेको छ ।

नागरिक उन्मुक्ति पार्टीको ३८ हजार सात सय २४ मत रहेको छ ।

नेकपा (एकीकृत समाजवादी)को ३६ हजार चार सय सात मत रहेको छ ।

लोकतान्त्रिक समाजवादी नेपालको ३१ हजार आठ सय ८६, हाम्रो नेपाली पार्टीको २१ हजार सात सय ३० मत रहेको निर्वाचन आयोगले जनाएको छ ।