भजनी– कैलाली क्षेत्र नं १ को प्रदेशसभा (२) मा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी विजयी भएका छन् । उनी प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिलामन्त्री डा रणबहादुर रावलभन्दा तीन हजार दुई सय ६४ मतान्तरले विजयी भएका हुन् ।


ADVERTISEMENT


चौधरीले ११ हजार तीन सय १७ मत पाउनुभयो भने निकटतम् प्रतिद्वन्द्वी रावलले आठ हजार ५३ मत पाए । यसअघि विसं २०७४ मा सम्पन्न भएको प्रेदशसभा निर्वाचनमा रावलले चौधरीलाई पराजित गरेका थिए । त्यसबेला चौधरी राष्ट्रिय जनता पार्टीबाट चुनाव लडेका थिए ।


ADVERTISEMENT

# # #


निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत लक्ष्मी ओडले दिएको जानकारीअनुसार नेकपा (एमाले)का द्धारिकाप्रसाद न्यौपानेले पाँच हजार तीन सय २० मत प्राप्त गरेका छन् भने राप्रपाका डम्बरबहादुर थापाले एक हजार तीन सय ३८, स्वतन्त्र उम्मेदवार केशरबहादुर साउदले आठ सय ८८, स्वतन्त्र उम्मेदवार गणेश चौधरीले पाँच सय आठ र नेपाल लोकतान्त्रिक पार्टीका रामकृष्ण चौधरीले चार सय ४१ मत प्राप्त रेका छन् ।

यसअघि प्रदेशसभा (१) मा समेत नागरिक उन्मुक्तिका कैलाश चौधरी भारी मतान्तरका साथ विजयी भए। क्षेत्र नं १ को प्रतिनिधिसभामा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठको समेत जित सुनिश्चित भइसकेको छ ।