खोटाङ – खोटाङबाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा माओवादी केन्द्रका रामकुमार राई ‘पासाङ’ निर्वाचित भएका छन् । राई ३१ हजार ३५१ मतसहित निर्वाचित भएका हुन् ।


ADVERTISEMENT


उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका विशाल भट्टराईले २८ हजार ६८२ मतमात्र पाएका छन् । सो क्षेत्रमा जनता समाजवादी पार्टीका कृष्णकुमार राईले १ हजार ९१४ र राप्रपाका सर्जु श्रेष्ठले १ हजार ७६१ मत ल्याएका छन् ।


ADVERTISEMENT

# # #