काठमाडौं-नेपाल आयल निगमले इन्धनको मुल्य फेरि बढाएको छ ।


ADVERTISEMENT


अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य बढेकाले नेपालमा समेत समायोजन गरेको निगमले प्रस्ट पारेको छ । निगमले गत मंसिर २२ गतेमात्र पेट्रोलियम पदार्थको मुल्य बढाएको थियो ।


ADVERTISEMENT

# # #


आज राती १२ बजेबाट लागु हुने गरी प्रतिलिटर पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ वृद्धि भएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

भारतीय आयल निगम(आइओसी)ले पठाएको नयाँ मूल्यसूची अनुसार इन्धनको मूल्य समायोजन गरिएको गोइतको भनाई छ । नयाँ मूल्य लागू भएपछि प्रतिलिटर पेट्रोल १ सय १ रुपैयाँ, डिजेल र मटितेल ७८ रुपैयाँ पर्नेछ ।

एलपी ग्यास र हवाई इन्धनको मुल्य भने यथावत छ । नयाँ मूल्य सुचीअनुसार प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ ६७ पैसा र मटितेलमा १५ रुपैयाँ २७ पैसा नाफा छ ।  डिजेलमा भने प्रतिलिटर १ रुपैयाँ ७४ पैसा घाटा रहेको निगमको भनाई छ ।

मूल्य समायोजनपश्चात् निगमको घाटा ११ करोड ३९ लाख रुपैयाँ रहेको प्रवक्ता गोइतले बताए ।