जनकपुरधाम – धनुषाको निर्वाचन क्षेत्र नम्बर–१ बाट जनता समाजवादी पार्टी नेपालका उम्मेदवार दीपक कार्की विजयी भएका छन्।


ADVERTISEMENT


सत्ता गठबन्धनका उम्मेदवार पूर्वमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृकाप्रसाद यादवलाई ५ हजार ९ सय ४८ मतको अन्तरले पराजित गर्दै कार्कीले जित हात पारेका हुन्।


ADVERTISEMENT

# # #


विजयी कार्कीले २७ हजार ४ सय ३१ मत प्राप्त गर्दा मातृकाले २१ हजार ४ सय ८३ मत मात्रै ल्याए।

तेस्रो स्थानमा रहेका जनमत पार्टीका उम्मेदवार किशोरी साह कमलले १४ हजार ४ सय ६७ र पाँचौ स्थानमा रहेका राप्रपाका उम्मेदवार मनोज मल्ल ठकुरीले ८ हजार २७३ मत पाएका छन्।