काठमाडौं-लिग लिडर म्यानचेष्टर सिटी इएफएल कप फुटलबको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति लेस्टर सिटीलाई पेनाल्टी सुटआउटमा ४-३ ले हराउँदै सिटी अन्तिम चारमा पुगेको हो ।


ADVERTISEMENT


लेष्टर सिटिको घरेलु मैदानमा निर्धारित ९० मिनेटको समय र थप गरिएको अतिरिक्त समयमा १ – १ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टी सुटआउटमा गोलकिपर ब्राभो क्लाउडियो नायक बन्द म्यानचेस्टर सिटीले बाजी मार्‍यो ।


ADVERTISEMENT

# # #


पेनाल्टी सुटआउटमा लेष्टरका जेमी भर्डी र रियाद महरेजले गोल गर्न सकेनन् । भर्डीको प्रहार पोस्टमा लागेर बाहिरिएको थियो भने महरेजको प्रहार सिटीका गोलकिपर ब्राभो क्लाउडियोले बचाएका थिए । पेनाल्टीमा सिटीका इल्क्ये गुएँडोगान, याया टुरे, लुकास नाम्चे र ग्राबियल जिससले गोल गरेका थिए । लेष्टरका क्रिष्टियन फुच्स,ह्यारी मागुरे,भिसेन्ट इबोराले गोल गरेका थिए ।

त्यसअघि खेलको २६ औं मिनेटमा बर्नान्डो सिल्भाले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले अघि रहेको लेष्टरले दोस्रो हाफको अन्तिम समयमा बराबरी गोल फर्काएको थियो । खेलको ९० औं मिनेटमा पाएको पेनाल्टी अवसरलाई जेमी भर्डीले गोल गर्दै लेष्टरलाई खेलमा फर्काएका थिए ।