काठमाडौं-वेष्ट ह्याम युनाइटेडहराउँदै आर्सनल इंग्लिश लिग कप फुटबल (काराबाओ कप) को सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको क्वाटरफाइनलमा वेष्ट ह्याम युनाइटेडलाई १ – ० ले पराजित गर्दै आर्सनल अन्तिम चारमा प्रवेश गरेको हो ।


ADVERTISEMENT


घरेलु मैदानमा आर्सनललाई जिताउन ड्यानी वेलब्याकको एक मात्र निर्णायक गोल गरे । अधिकांश समय बल नियन्त्रणमा लिएको आर्सनलले गोल भने थप गर्न सकेन । वेलब्याकले पहिलो हाफको ४२ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।


ADVERTISEMENT

# # #


पहिलो हाफमा १ – ० ले अघि रहेको आर्सनलले दोस्रो हाफमा थप गोल गर्न सकेन । केहि गोलका राम्रा अवसर खेर फाल्दा वेष्ट ह्याम क्वाटरफाइनलमै रोकियो ।

यसअघि म्यानचेस्टर सिटी लेष्टरलाई पराजित गरेर सेमिफाइनलमा पुगिसकेको छ । बुधबार राति चेल्सीले बर्नेमाउथ र म्यानचेस्टर युनाइटेडले ब्रिस्टोलको सामना गर्नेछ ।