काठमाडौं-राष्ट्रिय सभा निर्वाचन अध्यादेश ‘होल्ड’ भइरहेकाबेला राजनीतिक समाधान खोज्न एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल शीतल निवास पुगेका छन् ।


ADVERTISEMENT


राष्ट्रपति विद्यादेवी भण्डारीसँग अध्यादेशको गतिरोध अन्त्यका लागि छलफल गर्न ओली र दाहाल शीतल निवास पुगेका हुन् । भेट जारी छ ।


ADVERTISEMENT

# # #


सरकारले एक संक्रमणीय प्रणालीबाट राष्ट्रिय सभा सदस्य निर्वाचन गर्ने व्यवस्थासहितको अध्यादेश प्रमाणीकरणका लागि पठाएपछि निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीको नतिजासमेत सार्वजनिक गर्न सकेको छैन ।