काठमाडौँ– काठमाडौँमा जारी एभरेस्ट प्रिमियर लिग(इपीएल)मा भैरहवा ग्ल्याडियटरले विजयी यात्रा सुरु गरेको छ । काठमाडौँ किंस इलाभेनलाई सात विकेटले पराजित गर्दै जीत हात पारेको हो । यो हारसंगै काठमाडौँले लगातार दुई खेलमा हार बेहोरेको छ ।


ADVERTISEMENT


किर्तीपुरस्थित टीयू मैदानमा टस जितेर ब्याटिङ थालेको काठमाडौँले सबै ओभर खेलेर आठ विकेट गुमाउँदै ११८ रन बनायो । ११९ रनेको चुनौति पूरा गर्न मैदान उत्रिएको भैरहवाले १६.२ ओभरमा तीन विकेट गुमाउँदै १२१ रन बनाएर लक्ष्य पूरा गर्यो ।


ADVERTISEMENT

# # #


भैरहवाका लागि ओपनरका आएका प्रदीप ऐरी २ रनमा आउट हुँदा दोस्रो विकेटका रुपमा हरिशंकर शाह १४ रनमा पेवेलियन फर्किए । कुनैबेला भैरहवा ५.२ ओभरमा दुई विकेट गुमाएर २४ रनमा खेलिरहेको थियो । तर कप्तान शरदले पुनित बिष्टसंग ५८ रनको साझेदारी गरेपछि टिम जीततर्फ उन्मुख भएको थियो । शरद ३२ रन बनाएर आउट भए ।

आरिफ सेखले बिष्टसंग उत्कृष्ट साझेदारी गरेपछि भैरहवाको लागि जीत सहज बन्यो । पुनित विष्ट ४२ र २३ आरिफ सेख रनमा नटआउट रहे ।

यता काठमाडौँको बलिङ राम्रो हुन सकेन । अमरसिंह राउटेला, सुशिल कँडेल र सोमापाल कामीले समान १/१ विकेट लिए ।

यस अघि काठमाण्डौका लागि अमित श्रेष्ठले सर्बाधिक २९ रन बनाउदा ३२ बलमा ४ चौका प्रहार गरे । सागर कुमारले सागर कुमारले मात्र २ चौका सहित २५ बलमा २८ रन बनाउदा राजु रिजालले २० रन तथा सागर पुनले १५ रन बनाए । सिद्धान्त लोहनी र बिक्रम भुसाल गोल्डेन डक भएको खेलमा फर्वीज महरूफ़ले ७, अक्षय फर्नान्डोले २ तथा अमर सिंह रौटेलाले ३ रन बनाए ।

भैरहवाका लागि राम्रो कप्तानीको नमुना प्रस्तुत गर्दै सुरुवातमा स्पिनरलाई बलिंग गराउने सरद भेसावाकरको निर्णय सफल भयो । उसका दिपेश श्रेष्ठले १६ रन खर्चेर ३ विकेट हात पार्दा कप्तान शरदको नाममा २ विकेट रह्यो । यस्तै आरिफ शेख र पुनित मेहराले १र१ विकेट लिए ।

म्यान अफ द म्याच भैरहवाका कप्तान शरद भेषवाकर भए । अब भोलि भैरहवाले ललितपुर प्याट्रियट्स र काठमाडौँले चितवन टाइगर्सको सामना गर्नेछन् ।