काठमाडौं-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघमा जेरुसेलमलाई इजरायलको राजधानी नमान्ने देशलाई आर्थिक सहयोग रोक्ने चेतावनी दिएका छन् । अन्तर्राष्ट्रिय आलोचनालाई वेवास्ता गर्दै ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीको रुपमा मान्यता दिएका थिए ।


ADVERTISEMENT


तर, राष्ट्रसंघमा त्यसविरुद्ध प्रस्ताव आएको छ । अमेरिका एक्लिने अवस्था आएपछि मतदान हुनुपूर्व हृवाइट हाउसमा पत्रकार सम्मेलन गरेर अमेरिकी राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘उनीहरु सधैं अर्बौं डलरको सहयोग लिन्छन् र हाम्राविरुद्ध मतदान पनि गर्छन् ।’


ADVERTISEMENT

# # #


अघि भने, ‘उनीहरुलाई भोट गर्न दिउँ, हाम्रो लाखौं डलर बच्छ ।’ राष्ट्रसंघमा पेश भएको प्रस्तावमा अमेरिकाको नाम उल्लेख छैन तर, जेरुसेलमबारे लिइएको निर्णय रद्द हुनुपर्ने माग गरिएको छ ।

जेरुसेलम शहरलाई लिएर इजरायल र प्यालेस्टाइनबीच विवाद छ । एक पवित्र शहर मानिने जेरुसेलममाथि दुबै देशको दाबी छ ।इजरायलले यसलाई आफ्नो राजधानी मानेको छ भने अमेरिका बाहेकका विश्वका कुनै पनि देशले जेरुसेलमलाई इजरायलको राजधानीका रुपमा मान्यता दिएका छैनन् ।