काठमाडौं-यो सिजन गतिलो प्रदर्शन गर्न नसकेको इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई दोस्रो लिगको ब्रिस्टोल सिटीसँग पराजित भएको छ । ब्रिस्टोल सिटीसँग २–१ ले पराजित भएपछि स्टार खेलाडीले भरिएको म्यानचेस्टर युनाइटेड फुटबल लिग कपको क्वाटरफाइनलबाटै बाहिरिन बाध्य भएको छ ।


ADVERTISEMENT


स्टार खेलाडीहरु ज्लाटान इब्राहिमोबिच, पाउल पोग्बा र रासफोर्ड जस्ता स्टार खेलाडीलाई छायाँमा पार्दै ब्रिस्टोलले सनसनीपूर्ण जित निकालेको हो । ब्रिस्टोललाई सेमिफाइनलसम्म पुर्याउने क्रममा ५१ औँ मिनेटमा ब्रायनले पहिलो गोल गरेका थिए ।


ADVERTISEMENT

# # #


तर खेलको ५८ औँ मिनेटमा इब्राहिमोबिचले गोल गरेपछि म्यानचेस्टर युनाइटेडले खेल बराबरीमा ल्यायो । तर त्यसपछि खेलको अतिरिक्त समयको तेस्रो मिनेटमा ब्रिस्टोलका लागि स्मिथले गोल गर्दै इङ्ल्यान्डको पावर हाउसविरुद्ध सनसनी जित निकालेको हो ।