काठमाडौँ – नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वामपन्थीको सरकार बनाउने विषय जनता अलमल्याउने कुरा मात्र भएको बताएका छन् ।


ADVERTISEMENT


सोमबार काठमाडौमा पार्टीबाट निर्वाचित सांसदहरुलाई बधाइ तथा शुभकामना दिन आयोजित कार्यक्रममा अध्यक्ष नेपालले अहिले सरकार गठनको विभिन्न चर्चा परिचर्चा हुन थालेको र वामपन्थी मिलेर सरकार बनाउने कुरा आएको भन्दै जनता अलमल्याउने काम हुन थालेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले कम्युनिष्ट आन्दोलन विसर्जन भइरहेको देख्दादेख्दै पुरानै अवस्थामा आफूहरु फर्कन नसक्ने पनि बताए । अध्यक्ष नेपालले गठबन्धनका दलहरु आन्तरिक छलफलमा रहेकाले एकै ठाउमा बसेर सरकार गठनको समीकरण टुंगो लगाउने धारणा राखे । अहिलेकै गठबन्धनलाई लामो समयसम्म कायम आफूहरु प्रतिवद्ध रहेको भन्दै उनले गठबन्धनभित्रकै दलहरुका नेताहरुमा अहंकार पलाए जस्तोसुकै स्थितिको सामना गर्न तयार हुने बताए ।

त्यस्तै एकिकृत समाजवादीका सम्मानीत नेत झलनाथ खनालले अहिले सरकार गठनको विभिन्न कोणबाट छलफल भएपनि बामलोकतान्त्रिक शक्तिहरुको सरकार बन्ने सम्भावना प्रवल रहेको धारणा राखे । उनले वामपन्थी सरकार बन्ने आधार एमाले नेतृत्वले यसअघि नै तोडेकाले अहिले वामपन्थी सरकार बन्न नसक्ने तर्क गरे ।

उनले आगामी सातासम्म सरकारको बारेमा टुङ्गो लाग्ने जिकिर गरे ।