विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले पार्टीको केन्द्रीय समितिको बैठक अविलम्ब बोलाउन माग गरेका छन्।


ADVERTISEMENT


विराटनगरमा बिहिबार कोइराला निवासमा आयोजित पत्रकार भेटघाटमा उनले निर्वाचनमा पार्टीको पराजयका विषयमा विस्तृत रूपमा छलफल गर्न र आगामी दिनमा महासमितिको बैठक बसाउनका लागि सो बैठक आवश्यक रहेको स्पष्ट पारे।


ADVERTISEMENT

# # #


उनले अहिले पार्टीको संरचनालाई बलियो बनाउनका लागि प्रत्येक प्रदेशको सांगठनिक संरचना बनाउनुपर्ने विषयमा जोड दिँदै उनले अब पार्टीको संगठन टोल–टोलसम्म पुर्‍याउनुपर्ने विषयमा जोड दिए।

पार्टीभित्रैबाट अन्तर्घात भएका कारण आफू निर्वाचनमा पराजित भएको प्रसंग उल्लेख गर्दै उनले त्यस्ता अन्तर्घात गर्नेहरूलाई राजनीतिक रूपमा बहिष्कार गर्नुपर्ने आवश्यकता औँल्याए। पत्रकारको जिज्ञासामा उनले कांग्रेस अब पाँच वर्षसम्म बलियो विपक्षीको भूमिका निर्वाह गर्दै पार्टीको संगठनमा बढी केन्द्रीत हुने स्पष्ट पारे।

पार्टीको महाधिवेशनमा पार्टी सभापति पदका लागि उठ्ने चर्चाको सम्बन्धमा उनले भने, ‘आफू राजनीतिक मान्छे भएकाले इच्छा राख्नु स्वाभाविक हो।’