काठमाडौँ– काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनमा दिएको पुनरावेदनमाथि चढेको पेसी स्थगित भएको छ । निवेदक सन्दीपकै कानुन व्यवसायीले पेशी स्थगितका लागि निवेदन दिएका हुन् ।


ADVERTISEMENT


सन्दिपले जबर्जस्ती करणी मुद्दामा आफुलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्धउच्च अदालतमा गरेको पुनरावेदन दिएका थिए । गत २० असोजमा पक्राउ परेका लामिछानेलाई कात्तिकमा कारागार पठाउने आदेश दिएको थियो ।


ADVERTISEMENT

# # #


हाल केन्द्रीय कारागार सुन्धारामा रहेका सन्दीपलाई  यसअघि धरौटी वा साधारण तारेखमा छाड्न उनलाई न्यायाधीशले अस्वीकार गरेका थिए। सन्दीप थुनामुक्त हुनुपर्ने माग उनका कानुन व्यवसायीको छ ।