काठमाडौँ– भारत सरकारले नेपाललाई ५० हजार टन गहुँ आयातका लागि स्वीकृत गरेको छ। भारत सरकारको वैदेशिक व्यापार महानिर्देशनालयले २०२३ मार्च ३१ सम्म सो परिमाणको गहुँ निर्यात गर्ने अनुमति दिएको दिएको हो ।


ADVERTISEMENT


सो परिमाणको गहुँ आयात अनुमतिका लागि भारतीय दुतावासले परराष्ट्र मन्त्रालय मार्फत उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयलाई पत्राचार गर्दै जानकारी गराएको हो।


ADVERTISEMENT

# # #


यसअघि भारतले विगत ६ महिनादेखि गहुँ निर्यातमा रोक लगाउँदै आएको थियो ।